प्रदेशबारे नसोध्नु, त्यो मेरो बाटै होइन : गोकुल बास्कोटा – Nepal Press

प्रदेशबारे नसोध्नु, त्यो मेरो बाटै होइन : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल वास्कोटा देशले अंगिकार गरेको संघीय प्रणालीमाथि बारम्बार प्रश्न उठाउने गर्छन् । आज कर्णाली प्रदेशमा पार्टीका ४ संसदहरुले फ्लोर क्रस गर्दै सरकार जोगाइदिएको प्रसंगमा उनीबाट फेरि यस्तै भाव प्रकट भएको छ ।

बास्कोटाले ट्विटरमा संघीयता आफ्नो बाटो नभएको बताएका छन् । उनले सुरुमा माधव नेपाललाई कटाक्ष गर्दै एउटा ट्विट गरेका थिए । उक्त ट्विटमा आएका प्रतिक्रियाहरुमा पनि बास्कोटाले जाँगरका साथ बहस गरे ।

बास्कोटाको ट्विट यस्तो थियो :
जबज छोड्न सक्दैनन्। नेकपा एमाले दर्ता हुन सक्दैन। सूर्य चिन्ह पाउने होईन । प्रचण्ड मिलेर अध्यक्ष र प्रम भइँदैन । अनि फेरि किन समानान्तर नाटक ? पार्टी चल्ने आधार छैन भने पछिलाई विचार गर है, तलतल बेतोड उफ्रने चुकेल्याङ्ग हो ।

उक्त ट्विटमा एउटा प्रतिक्रिया यस्तो आयोः
यता ट्वीट गरेर बस्न भन्दा कर्णालीका ४ जना पशुलाई खप्तडतिर चर्न पठाउन पर्यो । अति भो अति ।

उक्त प्रतिक्रियामा जवाफ दिँदै बास्कोटाले लेखेका छन्ः
प्रदेशमा के भो मलाई नसोध किनभने त्यो मेरो बाटो होईन । म स्पष्टत केन्द्र र स्थानीय तहमा आधारित संरचना मात्र विस्वास गर्ने मनुवा हुँ ।

बास्कोटाले यसअघि पनि संघीयताको विपक्षमा मत जाहेर गर्दै आएका छन् । देशमा केन्द्र र बलियो स्थानीय तह भइसकेपछि प्रदेश नचाहिने उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर