काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण – Nepal Press

काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण

नेपाल प्रेस २०७७ चैत १३ गते १८:१८
२०७७ चैत १३ गते १८:१८

काठमाडौं उपत्यकामा शुक्रबार अनायास मौसम बिग्रिएर दिउँसै अँध्यारो छाएको छ । साथै, घरभित्रै बस्दा पनि आँखा पीरो हुने गरी वायु प्रदुषण बढेको छ ।

अहिले पानी पर्ने वा हावाहुरी आउने कुनै सम्भावना नभएको मौसमविद्ले बताएका छन् । उनीहरूको भनाइअनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोले गर्दा काठमाडौंको आकाश खराब भएको हो ।

वातावरणविद् भुषण तुलाधरले काठमाडौंमा मात्र नभएर देशका अन्य ठाउँमा पनि वायू प्रदुषण बढेको बताए । प्रदुषणले गर्दा आँखा पोलेको मात्र नभइ कतिपयमा स्वासप्रश्वासको समस्या समेत देखिने उनको भनाइ छ । ‘प्रदुषण बढेको ठाउँमा अनिवार्य मास्क लगाएर बाहिर आवतजावत गर्नुपर्छ,’ उनले भने ।

जनस्वास्थ्यविद् समीरमणी दिक्षितले अहिलेको वातावरणमा ज्येष्ठ नागरिक र स्वास्प्रश्वास सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सकेसम्म कम र परेको खण्डमा मास्क लगाएर मात्रै बाहिर निस्कौं । मर्निङ वाक केही दिनलाई रोकौं ।