तेक्वान्दो छनोट प्रतियोगिता हुने


काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शनिबार ‘नगर तेक्वान्दो खेलाडी छनौट’ प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समिति र नगरपालिकाको आयोजनामा ईष्टपोल उच्च माविको मैदानमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई प्रशिक्षक नियुक्त गरेर क्लोज क्याम्पमा राख्ने आयोजकले बताएको छ ।
गोकर्णेश्वर नगरपालिकामै जन्मिएर हुर्केका खेलाडीहरूलाई नगर, क्षेत्र, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा पुम्से २ विधा र गेरोगी विधा गरी १९ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको विजेता, दोस्रो, तेस्रोलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रदान गर्ने आयोजकको तयारी छ ।