आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा – Nepal Press
आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा
निशान्त सिंह गुरुङ्ग २०७७ माघ १३ गते १७:५८
२०७७ माघ १३ गते १७:५८

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिगको उपाधि दाबेदार मानिएका दुई विभागीय टोली हुन्, एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब । तर, मंगलबार भएको यी दुई टोलीको खेलमा  एपिएफ क्लबले २–० को जित दर्ता ग¥यो ।

सुरुआतमा प्रतिस्पर्धात्मक देखिएको खेल एपिएफले गोल गर्ने बित्तिकै उसैको पक्षमा देखियो । अञ्जली योञ्जनले २७औं मिनेटमा गरेको गोलसँगै खेलमा अग्रता लिएको एपिएफका लागि पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् ।