सूर्यविनायक पुगेर देउवाले भने- महेश बस्नेतजी मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् (भिडियो) – Nepal Press

सूर्यविनायक पुगेर देउवाले भने- महेश बस्नेतजी मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् (भिडियो)

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले भक्तपुरको सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

कांग्रेसको आजदेखि शुरू भएको वडा अधिवेशनको उद्घाटन गर्न सूर्यविनायक-५ कटुञ्जेमा पुगेका देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।

देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए । केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।


प्रतिक्रिया

One thought on “सूर्यविनायक पुगेर देउवाले भने- महेश बस्नेतजी मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् (भिडियो)

  1. के महेश बस्नेत नेपाली काँग्रेशको लागि खतरा नै भएका हुन् ?
    नेका सभापतिको यो भनाइले त देउवा महेश बस्नेतसंग डराएकै देखियो त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर