वागमतीमा एमालेको नयाँ सरकार, माधव नेपाललाई छाड्नेले पाए मुख्यमन्त्री र मन्त्री – Nepal Press

वागमतीमा एमालेको नयाँ सरकार, माधव नेपाललाई छाड्नेले पाए मुख्यमन्त्री र मन्त्री

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले केहीबेरअघि सपथ ग्रहण गरेकी छन् ।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर