ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो) – Nepal Press

ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

न्यूनतम साझा कार्यक्रममा कांग्रेसको अनुहार खोइ ?

काठमाडौं । प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसीसी सम्झौता गरेपनि संयुक्त सरकारले एमसीसीबारे प्रष्ट धारणा नराखेको ओलीको टिप्पणी छ । उनले एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।

‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? एमसीसी पास गर्ने की फेल गर्ने की चुप लाग्ने ?’ ओलीले प्रश्न गरे ।

उनले सरकारले आफ्नो कार्यक्रम संसदमा नल्याएर संसदलाई छलेको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर