सेयर बजारमा बैंकिङ समूह हावी, नेप्से ५४ अंकले बढ्यो – Nepal Press

सेयर बजारमा बैंकिङ समूह हावी, नेप्से ५४ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६४ विन्दुमा पुगेको छ । यो परिसूचक अहिलेसम्मकै उच्च अंक हो । आज धेरै दिनपछि कारोबार रकम बढ्दै १४ अर्बमाथि पुगेको छ ।

यसअघि गत असार १ गते १६ अर्ब ५२ करोड कारोबार भएको थियो । आज ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर किनबेचमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रूपैयाँ कारोबार भयो । आजको बजारमा बैंकिङ समूह हावी भएको छ । यो समूह ३.४३ प्रतिशतले वृद्ध भएको हो ।

यसैगरी, हाइड्रोपावर कम्पनी पनि २.३९ प्रतिशतले बढेको छ । आज होटल एण्ड टुरिजम् र म्यूचल फण्डबाहेक सबै समूहका उपसूचकहरूमा हरियाली छयो ।

आज नेपाल बैंक, ग्लोवल आईएमई, एनसीसी, एनआईसी एसियालगायत बैंकको सेयर कारोबार बढी भयो । आज नेपाल बैंकको ४९ करोड सेयर कारोबार भयो । ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर