नयाँ बजेट : १६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने – Nepal Press

नयाँ बजेट : १६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, मध्यभोटेकोशी, माथिल्लो सानजेल आयोजनाबाट १६२९ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो लक्ष्य प्रस्तुत गरेका हुन् । जलाशययुक्त र अर्धजलाशय जलविद्युत उत्पादनका लागि आयोजनाहरुलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।

विद्युत उत्पादनलगायतका पूर्वाधार निर्माणका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयका लागि १ खर्ब २१ अर्ब विनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर