संवैधानिक इजलासमा सुनुवाइ जारी, रिट निवेदकबाट बहस हुँदै – Nepal Press

संवैधानिक इजलासमा सुनुवाइ जारी, रिट निवेदकबाट बहस हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेको सन्दर्भमा परेका रिटहरूमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय इजलासमा न्यायधीशहरू दिपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छ ।

कोरोना महामारीका कारण स्वास्थ्य सतर्कतासहित जारी रहेको सुनुवाईमा अहिले रिटहरू पढेपछि बहस शुरु भएको छ । शुरुमा इजलासले अधिवक्ता शन्तोष भण्डारीलाई बहसको लागि १० मिनेट समय दिएको छ । सर्वोच्च अदालतमा परिसरमा सुनुवाइ सुन्न कानुन व्यवसायीहरू जम्मा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर