कर तिर्ने समय थप गर्न चेम्बरको माग – Nepal Press

कर तिर्ने समय थप गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने समय थप गर्न सरकारसँग माग गरेको छ ।

निषेधाज्ञामा कार्यालय जान नसकिने र सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले कर तिर्न तत्काल समस्या भएको भन्दै चेम्बरले कर तिर्न आवश्यक म्याद गरिदिने व्यवस्था गरिदिन आग्रह गरेको हो ।

यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको चेम्बरले जनाएको छ ।

सरकारले निषेधाज्ञामा पनि कर बुझाउन ताकेता गरिरहेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर