नेप्से ३७.५८ अंकले घट्यो, बीमा कम्पनीको सेयरमा पहिरो – Nepal Press

नेप्से ३७.५८ अंकले घट्यो, बीमा कम्पनीको सेयरमा पहिरो

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा ३७.५८ अंकको गिरावटसँगै २६६१.९३ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार ८६० कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा समेत ७.०६ अंकको गिरावटसँगै ४७९.१ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।समूहगत परिसुचक तर्फ जलविद्युत समूहका कम्पनीको ३.१८ अंक र वित्त कम्पनीहरुको ६.१७ अंक बाहेक अधिकांस कम्पनीको सेयर कारोबार घटेको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहका कम्पनीहरुको कारोबार २३९.१३ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समूहको सुचाङ्कमा १२९।७७ अंकको गिरावट आएको छ ।

आज ज्योति बिकास बैंकका लगानीकर्ताले  ९.८ र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ अंकले कमाएका छन् ।
चन्द्रागिरी हिल्सको तेस्रो क्वाटरको प्रतिवेदनमा पनि घाटाको बिबरण सार्वजनिक भएपश्चात यसका लागानीकर्ताले सबैभन्दा धेरै ९.८ प्रतिशतले गुमाएका छन् ।
२८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नागरिक लगानीकोषको सेयर कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर