अविश्वास प्रस्तावमा हस्ताक्षर भएका चार सांसद बालुवाटार बैठकमा – Nepal Press

अविश्वास प्रस्तावमा हस्ताक्षर भएका चार सांसद बालुवाटार बैठकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर भएका विघटित प्रतिनिधिसभाका  चारजना सांसद आज ओली पक्षका सांसदहरुको बैठकमा सहभागी भएका छन् ।

तत्कालीन एमालेको माधव नेपाल खेमाका शेरबहादुर तामाङ, यज्ञ बोगटी र बिमला विक बालुवाटारको बैठकमा सहभागी भएका हुन् ।

त्यस्तै पूर्व माओवादीका छक्कबहादुर लामा पनि बैठकमा थिए । उनीहरुले विगतमा अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रयोग भएको बताएका छन् ।

आइतबार प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा पेश गरेका ९० जनाको हस्ताक्षरमा यी चारजना सांसदको पनि नाम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर