एपीएफद्वारा लगातार तेस्रो पटक ललितपुर मेयर्स कपको उपाधि कब्जा – Nepal Press

एपीएफद्वारा लगातार तेस्रो पटक ललितपुर मेयर्स कपको उपाधि कब्जा

काठमाडौं । नेपाल एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध ५४ रनको कीर्तिमानी जीत निकाल्दै एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

टस हारेर पहिला ब्यटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १५५ रनको चुनौती दिएको थियो ।

एपीएफका कप्तान सीता राना मगर र इन्दु वर्माले शतकीय साझेदारी गर्दै आक्रामक इनिङ खेले । सीताले ईन्दुसँग १३६ रनको साझेदारी गर्दै सर्वाधिक ७९ रनको अविजित इनिङ खेलिन् । उनले ६८ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरिन् ।

ईन्दु वर्माले ४१ बलमा ५ चौका १ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।

कोसीकी अलिशा खडियाले एक विकेट लिइन् ।

जवाफी व्याटिङमा आएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमात्रै बनाउन सक्यो । उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् ।

बिनु बुढामगरको बलमा बोल्ड हुुनुअघि उनले ४१ बल खेल्दा ४ चौका प्रहार गरिन् । अप्सरी बेगमले १० रन बनाउँदा लखिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् ।

एपीएफकी बिनु बुढा मगरले ४ ओभरमा १८ रन खर्चिएर सर्वाधिक दुई विकेट लिइन् । रेखा रावल, सोनु खड्का र नेरी थापाले समान एक–एक विकेट लिए ।

एपीएफ समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको थियो । समूह चरणमा तीन खेलमा जीत र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोशी फाइनल पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *