पद्मकन्या क्याम्पसमा नेविसंघका दुई समूहबीच विवाद, इकाइ अध्यक्ष सगुन कँडेलमाथि कुटपिट – Nepal Press

पद्मकन्या क्याम्पसमा नेविसंघका दुई समूहबीच विवाद, इकाइ अध्यक्ष सगुन कँडेलमाथि कुटपिट

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट समानुपातिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा विवाद बढ्दा पद्मकन्या क्याम्पस इकाइ अध्यक्ष सगुन कँडेललाई अर्को समूहले कुटपिट गरेको छ ।

नेविसंघकै निवर्तमान इकाइ अध्यक्ष लक्ष्मी दाहालको नेतृत्वबाट सुगन कुटिएकी हुन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीका लागि दाहालको समूहले बखेडा निकालेको आरोप कँडेल पक्षको छ ।

समानुपातिकबाट स्ववियु उपाध्यक्ष निर्वाचित भएकी कँडेलको टाउकोमा चोट लागेको छ । कुटपिटबाट घाइते भएकी कँडेललाई भेट्न नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडालगायत अस्पताल पुगेका थिए ।

चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीको नाम बुझाउने अन्तिम दिन आइतबार नेविससंघ केन्द्रीय कार्यसमितिले सूची पठाएको थियो ।

केन्द्रीय कार्यसमितिको सूचीलाई दाहालको समूहले नमानेपछि विवाद भएको थियो । दाहाल शेखर-गगन समूहकी हुन् भने उनलाई हटाएर शेर्पाले सगुनलाई इकाइ अध्यक्ष मनोनीत गरेपछि अर्को पक्षले मानेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर