फ्रान्सका डिफेन्डर भरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास – Nepal Press

फ्रान्सका डिफेन्डर भरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । इङ्गिलस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च डिफेन्डर राफेल भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

सन् २०१३ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका भरानले फ्रान्सका लागि ९३ खेल खेल्दै ५ गोल गरेका छन् । गत महिना फ्रेन्च टीमका गोलकिपर हुगो लोरिसले सन्यास लिएका थिए । उनको सन्याससँगै आगामी कप्तान हुने प्रवल सम्भावना बोकेका भरानले अप्रत्याशित सन्यासको घोषणा गरेका हुन् ।

पाँच वर्षअघि फ्रान्सले विश्वकप जित्दा टीमका मुख्य सदस्य रहेका भरानले २९ वर्षको उमेरमै सन्यासको घोषणा गरेका हुन् ।

‘देशको प्रतिनिधित्व गरेर पछिल्लो एक दशक खेल्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सफलता हो । मैले राष्ट्रिय टीमको जर्सी लगाउँदा प्रत्येक पटक गर्वान्वित महसुस गरेँ,’ भरानले सामाजिक सञ्जालमा लेखेका छन् ।

लामो समयदेखि सन्यास लिने सोचे पनि अहिले आएर यो निर्णय लिएको भरानले बताए ।

सन् २०१८ जुलाई १५ मा विश्वकप जितेको दिन आफ्नो जीवनको अविस्मरणीय पल रहेको उन्ले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *