नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित ४ जना पक्राउ (भिडिओ) – Nepal Press

नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित ४ जना पक्राउ (भिडिओ)

कपिलवस्तु । चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई चन्दा उठाएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपीन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेको प्रहरीले जनाएको छ ।

गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलाबद्ध आगजनी गरेको आरोप छ ।

ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विक्रान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्दलगायतका विभिन्न ७ बुँदे मागसहितका पर्चाहरु प्रहरीले फेला पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर