प्रेमसँगको अस्पताल भेटबारे तोसिमाले भनिन्: मृत्युमाथि राजनीति नगरौं – Nepal Press

प्रेमसँगको अस्पताल भेटबारे तोसिमाले भनिन्: मृत्युमाथि राजनीति नगरौं

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् ।

उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो ।  अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

उनले आइसीयू प्रोटोकल पालना नगरेको सन्र्दभमा आफूले आइसीयू प्रोटोकल पालना गरेको बताइन् । उनले भनेकी छन्,‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन ।’
उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न आग्रह समेत गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर