फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ? – Nepal Press

फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ?

काठमाडौं । टेक जायन्ट कम्पनीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता देखी वेब ब्राउजर गुगल क्रोमको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै सो मितिदेखि गुगलले आफ्नो पुरानो भर्सनको वेब भर्सनमा टेक्निकल सपोर्ट बन्द गर्ने छ ।

हाल गुगलको गुगल क्रोम १०९ नामक संस्करण सञ्चालनमा छ । हाल सञ्चालनमा रहेको यो भर्सन विन्डोज ७ भन्दामाथिका अपरेटिङ सिस्टम भएका कम्प्युटरहरुमा मात्र उपलब्ध छ भने क्रोमको नयाँ संस्करण क्रोम ११० भने विन्डोज १० भन्दा माथिका अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुने छ ।

हाल सञ्चालनमा रहेको क्रोम १०९ लाई गुगलले पूर्ण रूपमा बन्द नगर्ने भएतापनि जनावरी १५ देखि यसको टेक्निकल सपोर्ट बन्द हुने हुँदा यो भर्सनका प्रयोगकर्ताहरूले कुनै पनि सुरक्षा सुधार र थप कुराहरू सहित कुनै पनि नयाँ अद्यावधिकहरू प्राप्त गर्ने छैनन् ।

तसर्थ क्रोम १०९ का प्रयोगकर्ताहरूको क्रोम कारणबस बन्द भएमा अपरेटिङ सिस्टमलाई अपडेट ९ विन्डोज १० कम्तीमा ० गरेर क्रोमको नयाँ भर्सन प्रयोग गर्न पर्ने हुन्छ ।

‘क्रोम १०९ क्रोमको अन्तिम संस्करण हो जसले Windows 7 / Windows 8/8.1 लाई समर्थन गर्नेछ। क्रोम 110 संभवत फेब्रुअरी ७, २०२३ मा रिलिजको लागि निर्धारित गरिएको भर्सन हो जसलाई Windows 10 वा पछिको आवश्यक पर्छ।’ गुगलले भनेको छ ।

क्रोमलाई अपडेट किन गर्नु पर्छ ?

नवीनतम विन्डोज अपरेटिङ सिस्टम को साथ वेब ब्राउजर अपडेट गर्नाले क्रोमद्वारा रोल आउट गरिएका नवीनतम सुरक्षा अपडेटहरू र सुधारहरू प्राप्त गर्न सकिन्छ ।

कम्प्युटरलाई दुर्भावनापूर्ण आक्रमण, चोरी, फिसिङ, भाइरस ट्रोजन, स्पाइवेयर, एडवेयर, र अन्य मालवेयर लगायतका साइबर थ्रेटबाट जोगाउनका निमित्त पनि अपडेट आवश्यक हुन्छ । नयाँ संस्करणमा युजर एक्स्पेरियन्स पनि पहिलाका संस्करण भन्दा सबल हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर