एक घण्टाको कारोबार : ८४ अंकले घटेको नेप्से लयमा फर्कदै, लगानीकर्ता अझै अलमलमा – Nepal Press

एक घण्टाको कारोबार : ८४ अंकले घटेको नेप्से लयमा फर्कदै, लगानीकर्ता अझै अलमलमा

काठमाडौं । मंगलबार देशमा संकटकाल लाग्छ भन्ने हल्ला फैलिएसँगै लगानीकर्ताले धैर्य गुमाउँदा शेयर बजार केही समय ८८ अंकले घट्न पुगेको थियो ।

तर, मंगलबार साँझ सर्वोच्च अदालतले संसद पुनःस्थपना गरेसँगै बुधबार शेयर बजार प्रि–ओपन समयमा १० अंकले बढ्यो नेप्से ।

यो बढेसँगै मंगलकार घटेको नेप्सेमा राजनीति असर परेको थियो कि भन्ने अनुमान लगाउन पाउँदा नपाउँदै पुन शेयर भारी अंकले घट्न पुग्यो ।

बजार खुलेको १० मिनेटबाटै घट्न थालेको नेप्से ११ बजेर ४० मिनेट जाँदा ३ दशमलव १७ प्रतिशतले नेप्से घट्दै ८४ अंकको गिरावट आएको थियो । यसैबेला नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा प्राविधिक समस्या पनि देखिएको थियो ।टीएमएसमा प्राविधिक समस्या देखिदा नीफ्राको शेयर शतप्रतिशतले घटेको देखाएको छ ।

११.४० देखि पुन नेप्सेमा सुधार आउँदै एक घण्टाको कारोबारमा ६४ अंकले घट्न पुगेको छ । लगानीकर्ता अझै देशमा के हुने हो भन्नेमा अलमल भएको देखिन्छ ।

धेरै कम्पनीको शेयर हरियो देखिएको छ । एक घण्टाको कारोबारमा ३७ लाख ८१ हजार ६११ कित्ताको कारोबारमा १ अर्ब ८७ करोड ८६ लाख ७८ हजार २०४ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर