बेलिज्यम मोरक्कोसँग हारेपछि ब्रसेल्समा मच्चियो दंगा – Nepal Press

बेलिज्यम मोरक्कोसँग हारेपछि ब्रसेल्समा मच्चियो दंगा

ब्रसेल्स । कतारमा जारी विश्वकप खेलमा मोरक्कोले बेल्जियमलाई हराएपछि राजधानी ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशित मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएको हो । प्रहरीले दंगामा सहभागी एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो । दर्जनौं फुटबल प्रशंसकहरू पुलिसँग झडपमा उत्रिएका थिए । दंगा नियन्त्रण गर्न प्रहरीले पानीको छर्रा र अश्रु ग्यास प्रयोग गरेको थियो ।

दंगामा संलग्न व्यक्तिहरूले प्रोजेक्टाइल, लाठी प्रयोग गरी सार्वजनिक राजमार्गमा आगजनी गरेका थिए । आतिशबाजीबाट एक पत्रकारको अनुहारमा चोट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *