फैसलापछि बीजेपी नेता स्वामीको प्रतिक्रिया : नेपाल–भारत सम्बन्ध नयाँ ढंगले अघि बढ्छ – Nepal Press

फैसलापछि बीजेपी नेता स्वामीको प्रतिक्रिया : नेपाल–भारत सम्बन्ध नयाँ ढंगले अघि बढ्छ

काठमाडौं । संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई भारतको राज्यसभा सांसद एवं सत्तारुढ भारतीय जनता पार्टीका नेता सुव्रमण्यम् स्वामीले स्वागतयोग्य भनेका छन् ।

ट्वीट गर्दै उनले अदालतको फैसलापछि अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अघिबढ्ने उल्लेख गरे ।

भारतको पूर्व केन्द्रीय मन्त्री समेत रहेका स्वामीले नेपालका लोकतान्त्रिक नेताहरु आफूसँग सम्पर्कमा रहेको र लोकतन्त्रको पुन:स्थापना हुने विश्वासमा आफू पहिले पनि रहेको लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर