स्वदेश फर्किनुअघि चिनियाँ राजदूतले भनिन्- नेपालसँग गहिरो मित्रता गाँसियो – Nepal Press

स्वदेश फर्किनुअघि चिनियाँ राजदूतले भनिन्- नेपालसँग गहिरो मित्रता गाँसियो

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी स्वदेश फर्किएकी छन् । आफ्नो कार्यकाल सकिएपछि राजदूत यान्छी स्वदेश फर्किएकी हुन् ।

उनले आफ्नो कार्यकाल सकिएपछि मैत्रीपूर्ण र सुन्दर नेपाल छाडेर जान लागेको बताएकी छन् ।

यान्छीले ट्वीटरमा लेखेकी छन्, ‘आफ्नो कार्यकाल पूरा गरे, म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु । सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैँ कदर गर्नेछु।’

स्वदेश फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिसँग बिदाई भेट गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर