न्यान्सीको भ्रमण चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि प्रहार : नेचिप्स – Nepal Press

न्यान्सीको भ्रमण चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि प्रहार : नेचिप्स

काठमाडौं । नेपाल चीन हिमालय मैत्री समाज नेपाल (नेचिप्स नेपाल) ले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको खण्डन गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै नेचिप्सले संयुक्त राष्ट्रसघं, अमेरिका स्वयम् र विश्वका अन्य १८१ मुलुकले ताइवानलाई चीनको अभिन्न अंगको मान्यता दिइसकेको अवस्थामा न्यान्सीको उक्त भ्रमणले चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि प्रहार भएको ठहर गरेको छ ।

‘संयुक्त राज्य अमेरिकाको सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको नेचिप्स निन्दा गर्छ । यो भ्रमण चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा हस्तक्षेप गर्ने कार्य हो भन्ने हाम्रो विश्वास छ । यो विश्व शान्तिलाई खतरमा पार्ने र चीनलाई युद्धमा तान्ने अभिमानपूर्ण कदम हो यसले ताइवानलाई अस्थिरतातर्फ धकाल्ने प्रबल सम्भावना देखिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

विश्वव्यापी नेताहरूले वार्ताको वातावारण सिर्जना गर्दै समझदारी र सहयोगको विकास गरी विश्वशान्ति न्याय, समानता, अहस्तक्षेप, पारस्परिक सम्मान र लाभमा आधारित बहुपक्षीय सम्बन्धको विकास गर्ने पहल सुरू गर्नुपर्नेमा नेचिप्सको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर