विहेपछि मुख्यमन्त्री दम्पत्तीको रोमान्टिक भिडियो – Nepal Press

विहेपछि मुख्यमन्त्री दम्पत्तीको रोमान्टिक भिडियो

नेताले रोमान्टिक बन्नु हुन्न भन्ने के छ ? त्यसमाथि नवविवाहितलाई त रोमान्टिक बन्ने अतिरिक्त सुविधा हुन्छ नै, चाहे उनी मुख्यमन्त्री नै किन हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हालै जाङ्मू शेर्पासँग विवाहवन्धनमा बाँधिए । शक्तिशाली ओहाेदाका व्यक्ति र भर्खरकी मोडलबीचको विवाहले मिडियामा चर्चा नपाउने कुरै थिएन । विवाहपछि पनि उनीहरुले भिडियो सार्वजनिक गरेर मिडियालाई खुराक प्रदान गरेका छन् ।

भिडियोमा शेरधन र जाङ्मू रोमान्टिक अवतार देखिएको छ । राई केही लजाएका देखिन्छन् । दुवैले आफ्नो जातिको परम्परागत पहिरन लगाएका छन् । जाङ्मूले आफ्नै यूट्यूव च्यानलबाट भिडियो सार्वजनिक गरेकी हुन् ।

भिडियोको क्याप्सनमा उनले लेखेकी छन्, ‘आधुनिक युगमा आफ्नो संस्कृति र भेषभुषालाई झल्काउँदै विवाहबन्धनमा बाँधिएका जोडी ।’भिडियोको पछिल्लो अंशमा उनीहरुलाई आधुनिक पहिरनमा देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर