प्रचण्डपत्नी सिता दाहाल ‘डिस्चार्ज’ – Nepal Press

प्रचण्डपत्नी सिता दाहाल ‘डिस्चार्ज’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाल ‘डिस्चार्ज’ भएकी छिन् । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि उनलाई घरमै गएर आराम गर्नेगरी डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोभिडको असर कम भएलगत्तै अस्पतालले पुनः उपचारका लागि भने बोलाएको छ ।

सिता लामो समयदेखि पार्किन्सनबाट समेत पीडित छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर