मुख्यमन्त्री राउतको घरमा ढुंगा हान्ने पटेल पक्राउ – Nepal Press

मुख्यमन्त्री राउतको घरमा ढुंगा हान्ने पटेल पक्राउ

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतको वीरगन्जस्थित घरमा ढुंगा हान्ने एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ का २६ वर्षीय सुमन पटेल छन् । नेपाली कांग्रेसका कार्यकर्ता रहेका पटेलमाथि प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दा चलाएको छ ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय गरिएको विरोधमा नेपाली काँग्रेस महानगर कमिटीले जुलुस निकालेको थियो । उक्त जुलुसमा सहभागीमध्ये पटेलले मुख्यमन्त्री राउतको घरमा ढुंगा हानेका थिए ।

मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेको र ढुङ्गा प्रहार गर्ने पटेललाई पक्राउ गरि कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर