एमालेकै शैलीमा माओवादी संरचना, केन्द्रमा बने तीन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च – Nepal Press

एमालेकै शैलीमा माओवादी संरचना, केन्द्रमा बने तीन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै शैलीमा केन्द्रीय संरचनाहरु गठन गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले ९९ सदस्यीय जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ ।

यसअघि एमालेलेमात्र अभ्यास गरेको यो कमिटी प्रणालीमा माओवादी पहिलोपटक गएको हो । जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष भने तोकिएको छैन । त्यस्तै माओवादीले १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

सल्लाहकार समितिको सभापति भने अर्को बैठकले चयन गर्ने स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए । सोही बैठकले खतिवडाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय लेखा समिति गठन गरेको छ ।

त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि नै माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर