वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर आउट भए आशिफ – Nepal Press

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर आउट भए आशिफ

काठमाडौं । वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पहिल्याइरहेको नेपालका लागि अर्धशतक बनाएका आशिफ शेख आउट भएका छन् ।

उनले ३५ बलको सामना गरेर ५१ रन बनाएका थिए । यस क्रममा आशिफले ५ छक्का र २ चौका प्रहार गरे ।

१४ ओभरमा नेपालले दुई विकेटको क्षतिमा ११२ रन जोडेको छ । अनिल साहले ४२ र कुशल मल्ल १ रन बनाएर खेलिरहका छन् ।

नेपालका ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । उनले नौ बलको सामना गरेर तीन चौकाको मद्दतमा १३ रन बनाएका थिए । उनी वेस्ट इन्डिजका ओबेड म्याक्वेको बलमा आउट भएका थिए ।

पाँच श्रृंखलाको आज अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे । रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोराले एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर