न्युजिल्याण्डका स्टार अलराउन्डर कोरी एन्डरसन अमेरिकाबाट टी- २० विश्वकप खेल्दै – Nepal Press

न्युजिल्याण्डका स्टार अलराउन्डर कोरी एन्डरसन अमेरिकाबाट टी- २० विश्वकप खेल्दै

काठमाडौं । अमेरिकाले टी- २० विश्वकपका लागि १५ सदस्यीय टीम घोषणा गरेको छ । टी-२० विश्वकपको सहआयोजक समेत रहेको अमेरिकी टीममा न्यूजिल्याण्डका प्रख्यात अलराउण्डर कोरी एण्डरसन पनि समेटिएका छन् ।

एन्डरसनले न्युजिल्यान्डबाट दुईवटा टी-२० विश्वकप खेलेका थिए । सन् २०१४ र २०१६ को टि २० विश्वकप खेलेका उनले सन् २०१५ मा ५० ओभरको विश्वकपमा पनि भाग लिए । उक्त विश्वकपमा न्युजिल्यान्ड उपविजेता बनेको थियो ।

एन्डरसनले पछिल्लोपटक न्युजिल्याण्डका लागि २०१८ मा खेलेका थिए । त्यसपछि उनी अमेरिका पलायन भए । अमेरिकी राष्ट्रिय टीमबाट हालै क्यानाडाविरूद्धको सिरिजमा उनले डेब्यु गरेका हुन् ।

एकदिवसीयमा सर्वाधिक छिटो शतक बनाउने ब्याट्सम्यानको सूचीमा एन्डरसन दोस्रो स्थानमा छन् । पाकिस्तानका शहिद अफ्रिदीले ३७ बलमा शतक बनाएर राखेको विश्वकिर्तिमान एन्डरसनले तोडेका थिए । सन् २०१४ मा वेस्ट इन्डिजविरूद्ध उनले ३७ बलमा शतक हान्दै नयाँ किर्तिमान राखे । तर उनको किर्तिमान एक वर्षपछि नै तोडियो । सन् २०१५ मा साउथ अफ्रिकाका एवि डिभिलियर्सले ३१ बलमा शतक हानेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर