मुम्वई आईपीएलबाट बाहिरिने करिब पक्का – Nepal Press

मुम्वई आईपीएलबाट बाहिरिने करिब पक्का

काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) बाट यो सिजन पाँच पटकको च्याम्पियन मुम्वई इन्डियन बाहिरिने लगभग पक्का भएको छ ।

शुक्रबार राति घरेलु मैदानमा कोलकातासँग नमिठो पराजय बेहोर्दै जारि सिजनमा आईपीएलबाट मुम्वई बाहिरिने पक्कापक्की भएको छ । १२ वर्षपछि मुम्वईको घरेलु मैदानमा कोलकतालाई जित दिलाउने क्रममा आईपिएलको यो सिजनका सबैभन्दा महंगो खेलाडी मिचेल स्ट्राकले चार विकेट लिएपछि मुम्बईले नाईट राईडर्ससँग २४ रनको पराजय बेर्होन बाध्य बन्यो ।

वानखडे स्टेडियममा टस हारेर ब्याटिङको पहिलो निम्तो पाएको कोलकताले १६९ को मध्यम स्कोर बनाउँदै १९.५ ओभरमा अल आउट भएको थियो । कोलकतालाई मध्यम स्कोरमा अल आउट गर्न मुम्बकईका नुवान थुशरा र जस्प्रित बुमराहले ३३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिएका थिए ।

कुनै समय ५५ रनमा ५ विकेट बनाएको कोलकताको लागि वेंकटेश एैयरले सर्वाधिक ७० रन बनाए भने ‘इम्प्याक्ट प्लेयर’को रुपमा आएका मनिष पाण्डेले ४२ रनको योगदान दिए ।

जारी आईपीएलको पावर प्लेमा जमेका सुनिल नारिन र फिलिप साल्टले क्रमशः ८ र ५ रन मात्र बनाएर आउट भएपछि संकटमा आएको कोलकातालाई कप्तान श्रेयस एैयर र रिंकु सिंहले पनि साथ दिन सकेनन् ।

उनीहरुपनि दोहोरो अंक नबनाई आउट भएका थिए । विस्फोटक ब्याट्मेनको छवि बनाएका आन्द्रे रसल पनि ७ रनमा रन आउट भएपछि कोलकाता १६७ मा समेटिएको थियो ।

वानखडेको लागि मध्यम मानिएको १७० को तारगेट पुरा गर्नको लागि मैदानमा ओर्लिएको मुम्वईको सामु कोलकताका बलर हाबी भए । मुम्वईले आफ्ना ओपनर रोहित शर्मा ९११० र इशान किसन९१३० लाई गुमाएपछि उसको विकेट लगातार झर्न थाल्यो । आईपीएलमा राम्रो लयमा रहेका तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

कोलकतालाई जित नजिक पुराउने काम उसको स्टार ब्याट्समेन सुर्यकुमार यादबले गरे । उनले ५६ रन बनाए तर त्यो जितको लागि पर्याप्त भएन ।

खेलपछि कोलकाता १० खेलबाट १४ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा यथावत रहँदा ११ खेलमा ८ खेल हारेको मुम्बई ६ अंकसहित अंकतालिकाको नवौँ स्थानमा यथावत रहन गयो । पहिलो चरणमा हुने १४ खेलमा अब मुम्वईले तीन खेल मात्र खेल्न बाँकी रहेको छ । अब उस्ले तीनै खेल जितेपनि १२ अंक मात्र हुनेछ र त्यो सेमिफाईनल प्रवेशको लागि पर्याप्त हुँदैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर