काठमाडौंमा ‘सीप मेला’ : सुनीता भन्छिन्- दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने हाम्रो लक्ष्य (भिडिओ) – Nepal Press

काठमाडौंमा ‘सीप मेला’ : सुनीता भन्छिन्- दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने हाम्रो लक्ष्य (भिडिओ)

काठमाडौं । काठमाडौंमा सीप मेला सुरू भएको छ । टुँडिखेलमा सञ्चालन गरिएको उक्त मेला काठमाडौं महानगरपालिकाले आयोजना गरेको हो ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने उद्देश्यसहित मेला सुरू गरिएको महानगरले जनाएको छ ।

मेलामा १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिइनेछ । तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको छ ।

बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने डंगोलले बताइन् ।

उनले भनिन्, ‘हामीले दिएको तालिम र उत्पादनसँग जोड्न सकेका छौं कि छैनौं हामी सबैमा यो ठूलो प्रश्नको रूपमा आएकाले सीप मेला आयोजना गरेका हौं । रोजगारदाता र श्रमिकको तालमेल नमिलेको कारणले गर्दा मिसम्याचलाई म्याचिङ गराउन ध्यान दिएका छौं । हामीले सीप मेलाबाट पुलको काम गर्दैछौं । तालिम लिएकालाई रोजगारदातासँग जोड्न खाजेका छौं ।’

स्वरोजगारको बाटो देखाउने लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै उनले निजी क्षेत्रको पनि साथ औंल्याइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर