इरानी गार्डद्वारा खाडीमा इजराइलसँग सम्बन्धित जहाज कब्जा – Nepal Press

इरानी गार्डद्वारा खाडीमा इजराइलसँग सम्बन्धित जहाज कब्जा

काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले शनिबार ‘खाडीमा यहुदी शासन (इजराइल) सँग सम्बन्धित’ एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएको राज्य मिडियाले बताएको छ ।

आइआरएनए राज्य समाचार समितिले भनेको छ, “‘एमसिएस एराइज’ नामक कन्टेनर जहाजलाई सेपाह ९गार्डहरू० नौसेनाको विशेष बलले हेलिबोर्न अपरेसनमार्फत नियन्त्रणमा लिएको छ ।” उक्त अपरेसन विश्व व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ नजिकै भएको हो । उक्त जहाजलाई अहिले इरानको क्षेत्रीय जलतर्फ निर्देशित गरिएको छ ।

‘क्षेत्रीय अधिकारीरू’ ले संयुक्त अरब इमिरेट्सको तटबाट एउटा जहाजलाई नियन्त्रणमा लिएको दुई सामुद्रिक सुरक्षा एजेन्सीले बताएपछि इरानको उक्त भनाइ आएको हो ।

रोयल नेभीको युनाइटेड किङडम सामुद्रिक व्यापार अपरेसन एजेन्सीले थप विवरण नदिई भनेको छ, “जहाजलाई क्षेत्रीय अधिकारीहरूले फुजैराहको तटबाट नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।”

कम्तीमा तीन व्यक्ति एउटा हेलिकप्टरबाट कन्टेनर जहाजतिर द्रुत गतिमा दौडिरहेको स्थिर फुटेजमा देखिएको सुरक्षा फर्म एम्ब्रेले बताएका छन् । “इरानको रिभोल्युसनरी गार्डले पहिला पनि स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई नियन्त्रणमा लिने बेलामा बोर्डिङको यो पद्धतिलाई प्रयोग गरेको थियो ।”

भेसल ट्र्याकिङ वेबसाइट भेसलफाइन्डर डट कम र मेरिनट्राफिक डट कमका अनुसार एमसिएस एराइज पोर्चुगाली ध्वजा भएको कन्टेनर जहाज हो । दुवै साइटले खाडीमा यसको अन्तिम रिपोर्ट गरिएको अवस्था बताएका छन् ।

करिब दुई साताअघि सिरियामा आफ्नो दमास्कास दूतावासको कन्सुलर खण्डमा घातक हमलाका लागि इरानले प्रतिशोध लिने वाचा गरेपछि अमेरिकाले शुक्रबार मध्यपूर्व क्षेत्रमा सैन्य सुदृढीकरण पठाउने बताएको थियो ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले शुक्रबार इरानले कट्टर दुश्मन इजराइलमाथि हमला गर्ने अपेक्षा गरिएको बताउनुभयो । इरानले कन्सुलर खण्डमा इजराइलले हमला गरेको आरोप लगाएको छ । अप्रिल १ मा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका कम्तीमा सात सदस्य मारिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर