गण्डकीका सभामुख धिताल भन्छन्- मसँग सल्लाह भएन, सरकार गठनमा मेरो सहभागिता छैन – Nepal Press

गण्डकीका सभामुख धिताल भन्छन्- मसँग सल्लाह भएन, सरकार गठनमा मेरो सहभागिता छैन

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सरकार गठनमा आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन् ।

एमाले-माओवादी गठबन्धनले सभामुखसहित बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गरेको थियो ।

तर, सभामुख धितालले सरकार गठनमा आफ्नो सहभागिता नरहेको स्पष्टीकरण दिएका छन् ।

‘डाटाअनुसार साथीहरूले संख्या पेस गरेका होलान् । मसँग कुनै सरसल्लाह केही पनि भएन यसबारे । म सहभागी हुने कुरा भएन नि’, उनले भने, ‘साथीहरुले छलफल गरेका पनि छैनन् । कसरी जाने भन्ने कुरा त प्रदेश प्रमुखको कुरा भयो नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर