यस्तो छ एआई जेनेरेटेड कन्टेनहरुमा मेटाको लेबलिङ – Nepal Press

यस्तो छ एआई जेनेरेटेड कन्टेनहरुमा मेटाको लेबलिङ

काठमाडौं । मेटा कम्पनीले एआई जनेरेटेड फोटो तथा भिडियो कन्टेनहरुमा लेबलिङ लगाउन सुरु गरेको छ ।

मेटाले आफ्ना प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा अपलोड गरिने एआई जनेरेटेड कन्टेनहरुमा लेबलिङ लगाउन सुरु गरेको हो ।

मेटाले आफ्नो प्लेटफर्महरूमा अपलोड गरिने एआई कन्टेनहरुमा लेबलिङको नीतिलाई अघि सार्दै यसको उल्लङ्घन गर्ने सामग्रीहरु हटाउने समेत मेटाले उल्लेख गरेको छ ।

एआई मार्फत बनाइएका फोटो तथा भिडियोका साथै अडिओलाई समेत मेटाको सिस्टमले ‘मेड विथ एआई’ भनेर उल्लेख गर्दै लेबल लगाइदिने जनाइएको छ । प्रयोगकर्ताहरूले आफै एआई जेनेरेटेड भनेर उल्लेख गरेको आधारमा पनि लेबलिङ लगाइनेछ ।

निरीक्षण बोर्डको प्रतिक्रिया र सार्वजनिक राय सर्वेक्षण तथा विशेषज्ञ परामर्शको साथ एआई कन्टेनहरुको ह्यान्डलिङ अर्थात् नियन्त्रणमा पहिले घोषण गरिएको नीतिहरूमा केहि हेरफेर गरिएको मेटाले उल्लेख गरेको छ ।

गत फेब्रुअरी ६ मा मेटाले आफ्ना प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा अपलोड गरिने एआई जेनेरेटेड फोटो तथा भिडियोहरूमा लेबलिङ अर्थात् वाटरमर्क जस्तै पहिचान छुट्याउन सकिने लेबल लगाउने घोषण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर