गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस, दीपक मनाङेको पनि समर्थन (भिडिओ) – Nepal Press

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस, दीपक मनाङेको पनि समर्थन (भिडिओ)

पोखरा । गण्डकीका मुख्यमन्त्रीमा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

मुख्यमन्त्रीको दाबी गर्दै एमाले संसदीय दलका नेता अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

उनलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ । अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन् ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए ।

समयसीमा सकिनुभन्दा दुई दिनअगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका थिए ।

तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा अनिर्णित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर