के अब गुगलमा सर्च गर्दा पैसा तिर्नुपर्ने हो ? – Nepal Press

के अब गुगलमा सर्च गर्दा पैसा तिर्नुपर्ने हो ?

काठमाडौं । गुगलको नयाँ सर्च इन्जिन ‘जेनेरेटीच आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई प्रयोगकर्ताका लागी ल्याउन लागेको छ । उक्त ‘जेनेरेटीच एआई’ सर्च इन्जिनमा गुगलले शुल्क लगाउने देखिएको ‘जिनेश टाइम्स’ ले उल्लेख गरेको छ ।

यसलाई गुगलको सबैभन्दा ठुलो परिवर्तनका रूपमा लिइएको छ । किनभने, गुगलले वर्षैदेखि निःशुल्क रूपमा सर्चको सुविधा दिइरहेको छ । विज्ञापन र प्रतिस्पर्धासँगै एआईको विकासले गर्दा गुगल समय क्रमसँगै विलीन हुने संकेत देखिएको विज्ञहरूले टिप्पणी गरिरहेका छन् ।

च्याट जीपीटी लन्च भएको करिब डेढ वर्षपछि ल्याइएको यस एआई सर्च इन्जिनले आफ्नो विज्ञापन, व्यवसाय र प्रविधिसँगको दौडमा गुगल पछि पर्न नचाहेको कुरा स्पष्ट परेको देखिन्छ ।

गुगलले ल्याउन लागेको नयाँ सर्च इन्जिनमा प्रिमियम प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइने छ । जसमा एआई सर्चमार्फत प्रिमियम प्रयोगकर्ताहरूले केहि थप र नयाँ सर्च रिजल्टहरू पाउने जनाइएको छ ।

गुगलले नयाँ प्रिमियम सर्च फिचर ‘जेनेरेटीभ एआई’ यसअघि सार्वजनिक गरिएको ‘जेमीनी एआई असिस्टेन्ट’ मा पहिले नै उपलब्ध गराइसकिएको छ ।

एआईमाफर्त सर्च गरिएका सामाग्रीहरूको उपलब्धता गराउनका लागि खर्चिलो हुने भएकोले नयाँ सर्च इन्जिनमा शुल्क लगाइने आकलन गरिएको छ ।

यसका लागि गुगले भने आधिकारिक रूपमा कुनै पनि जानकारी गरेको छैन । जहाँसम्म गुगलले प्रिमियममा नयाँ सर्च इन्जिन ल्याउने कुरामा अधिकांशले शुल्क लाग्ने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर