प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने राप्रपाको निर्णय, सरकारमा पनि नजाने – Nepal Press

प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने राप्रपाको निर्णय, सरकारमा पनि नजाने

लुम्बिनी र गण्डकीमा कांग्रेसलाई सहयोग गर्न राप्रपा उदार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको गठनमा सत्ता गठबन्धनलाई साथ नदिने औपचारिक निर्णय गरेको छ । आज राप्रपाको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

केही दिनअघि राप्रपाको कार्यसम्पादन समितिले तत्काल सरकारमा सहभागी नहुने निर्णय लिएको थियो । साथै, कुनै दललाई समर्थन दिनुपर्ने अवस्था आएमा सम्वन्धित प्रदेश कमिटीसँग समन्वय गरी अध्यक्षले निर्णय लिन सक्ने भनिएको थियो । आज बसेको पदाधिकारी बैठकले भने सत्ता गठबन्धनलाई समर्थन नगर्ने ठोस निर्णय लिएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशमा पुरानो र नयाँ सत्ता गठबन्धनले राप्रपाको साथ खोजिरहेका छन् । तर, कुनै पनि प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । कुनै प्रदेशमा कांग्रेसलाई सहयोग गर्नुपर्ने अवस्था आए सम्बन्धित प्रप्रदेश कमिटीसँग समन्वय गरेर अध्यक्षले निर्णय लिन सक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर