उपचुनावका लागि उम्मेदवार टुंग्याउन देउवाले बोलाए बैठक – Nepal Press

उपचुनावका लागि उम्मेदवार टुंग्याउन देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेशसभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

एमाले, रास्वपा, नेकपा एसलगायतका दलले भने उपचुनावको उम्मेदवार टुंग्याइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर