विश्वासको मत लिने बैठकमा सहभागी नहुन दवाव आएको सभामुख पाठकको दावी – Nepal Press

विश्वासको मत लिने बैठकमा सहभागी नहुन दवाव आएको सभामुख पाठकको दावी

हेटौंडा । बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दवाव आएको खुलासा गरेका छ्न् ।

चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दवाव आएको उल्लेख गरे ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दवाव आएको तर आफू उक्त दवावबाट प्रभावित नहुने उनको भनाइ रहेको छ ।

सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भुमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘ मलाई सभामुख बनाउने पार्टिबाट दवाव आएपनि म त्यो मान्दिन, म खेलाडी हैन रेफ्री हु, म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउछु । ’


प्रतिक्रिया

One thought on “विश्वासको मत लिने बैठकमा सहभागी नहुन दवाव आएको सभामुख पाठकको दावी

  1. फटाहा काँग्रेसहरूको काम हुनुपर्छ यो । अब काँग्रेसलाई देशबाट बढार्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर