बोटलर्स नेपालको सेयर मूल्यमा सर्किट, एक कित्ताको मूल्य १८ हजार नाघ्यो – Nepal Press

बोटलर्स नेपालको सेयर मूल्यमा सर्किट, एक कित्ताको मूल्य १८ हजार नाघ्यो

काठमाडौं । बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार (चैत १२) सकारात्मक सर्किट (१० प्रतिशत) लागेको छ ।

कारोबारमा आएको करिब साढे २ घण्टापछि यसको सेयर मूल्यमा सर्किट लागेको हो । यो सँगै यसको सेयर मूल्य प्रतिकित्ता १८ हजार २ सय ७६।५० रुपैयाँ कायम भएको हो ।

आज एक दिनमा यसका सेयर धनीले एक कित्ता बराबर १ हजार ६ सय ६१.५० रुपैयाँ कमाएका छन् । नेपसेमा यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत छ ।

यसमा ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्र पब्लिक सेयर छ । यसको बजार पुँजीकरण ३२ अर्ब ३८ करोड ७ लाख ५७ हजार रुपैयाँ पुगेको छ । दोस्रो बजारमा बोटलर्स नेपाल बालाजुको सेयर मूल्य शीर्ष मूल्य मध्यमै पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर