सुरक्षा पन्तले सिजी चिम्नी र इमर्जेन्सी बल्बको गरिन् अनावरण, कति पर्छ मूल्य ? – Nepal Press

सुरक्षा पन्तले सिजी चिम्नी र इमर्जेन्सी बल्बको गरिन् अनावरण, कति पर्छ मूल्य ?

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इओएल प्रालिकि ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्तले सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेकी छन् ।

काठमाडौंमा भएको कार्यक्रममा पन्तले नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेकी हुन् । कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू ‘सीजीसीटी ९० एफएलडीसी’, ‘सीजीसीटी ७५ एफएलडीसी’,सीजीसीटी ९० डीबीडीएक्स’ र सीजी सीटी ७५ वाईसी’ आधिकारिक रूपमा अनावरण गरिएको हो ।

एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी २६ हजार ५९० र २५ हजार ७९० रुपैयाँमा उपलब्ध छन् ।

त्यस्तै, बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच/मोशन कन्ट्रोल सहितको मूल्य २९ हजार १९० रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

नावरण गरिएको चौथो मोडेल सीजी–सीटी ७५ वाईसीको मूल्य २२ हजार ३९० रुपैयाँ रहेको छ ।

सुरक्षा पन्त र सिजी इलेक्ट्रिकबीचको सहकार्यले निश्चित रूपमा ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर