खेलकुदमन्त्री श्रेष्ठ भन्छन्- स्काउटको जग्गा लुटेर बसेका रहेछन्, सोमबारबाट एक्सनमा जान्छौं (भिडिओ) – Nepal Press

खेलकुदमन्त्री श्रेष्ठ भन्छन्- स्काउटको जग्गा लुटेर बसेका रहेछन्, सोमबारबाट एक्सनमा जान्छौं (भिडिओ)

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयले सोमबारदेखि एक्सन थाल्ने बताएका छन् ।

वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै उनले खेलकुदभित्र फैलिएको जरा तोड्नेगरी काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले भने, ‘हामीले खेलकुद मन्त्रालयमा धेरै काम सुरु पनि गरेका छौं । अब सोमबारदेखि धेरै एक्सनहरु पाउनुहुनेछ । त्यो पनि गर्दैछौं । गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरु गर्नुभएको छ । खेलकुदमा पनि स्काउटका धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् मान्छेहरु। पैसा पनि नदिने, अदालतमा मुद्दा हाल्ने र स्टे अडर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ । खेलकुदमा राजनीति त जराजरामा घुसेको रहेछ ।’

उनले खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउने बताए ।

मन्त्री श्रेष्ठले पार्टी सरकारमा भएपछि अब पार्टीले थालेको मिसन २०८४ सम्म नथाक्नेगरी काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *