ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीकाे सेवा सुरू – Nepal Press

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीकाे सेवा सुरू

रुपन्देही । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले सेवा सुरू गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर कम्पनीले रूपन्देहीमा मुख्य कार्यालय राखेर सेवा सुरु गरेको जनाएको छ । गत फागुन २७ गतेदेखि निर्जीवन बीमा सुरू गरेको कम्पनीले औपचारिक सेवा भने शुक्रबारदेखि गर्ने जनाएको छ ।

बुटवलका उद्यमी जगतबहादुर पोखरेलको नेतृत्वमा बुटवल आसपास ७१ जना व्यवसायीहरू मिलेर तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरमा माइक्रोइन्स्योरेन्स कम्पनी स्थापना गरेका हुन् ।
बीमा कम्पनीका अध्यक्ष पोखरेलले नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गतेदेखि कारोबार सुरू गर्नका लागि स्वीकृति प्राप्त गरी सेवा सञ्चालन गरिएको जानकारी दिए ।

पोखरेलका अनुसार कम्पनीको कूल चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको छ । मध्यम वर्गका नेपाली र साना तथा मझौला व्यवसायीलाई बीमाको मूल धारमा ल्याउने र व्यक्तिको जीवनसँगै उनीहरूको सम्पत्तिमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानि, नोक्सानी, तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले बुटवल लगायत आसपासको क्षेत्रलाई मुख्य सुरूआती थलो बनाएर स्थापना गरिएको कम्पनीले देशका विभिन्न २८ वटा स्थानमा शाखा स्थापनाको लागि स्वीकृति प्राप्त गरिसकेको र निकट भविष्यमै शाखा कार्यालयहरूबाट समेत सेवा सञ्चालन गरिने जानकारी दिए। शुक्रबार पूर्वमुख्यमन्त्री लिला गिरीले यसको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर