भ्रष्टाचारको आरोप लागेपछि भियतनामका कम्युनिष्ट राष्ट्रपति एक वर्ष नपुग्दै बाहिरिए – Nepal Press

भ्रष्टाचारको आरोप लागेपछि भियतनामका कम्युनिष्ट राष्ट्रपति एक वर्ष नपुग्दै बाहिरिए

काठमाडौं । भष्टाचारको आरोप लागेपछि भियतनामका कम्युनिष्ट राष्ट्रपति भो भान थुङ पदबाट एक वर्ष लगत्तै राष्ट्रपतिबाट फिर्ता भएका छन् ।

भियतनामको कम्युनिष्ट पार्टीले उनले आफ्नो गृह प्रान्तमा भ्रष्टाचार गरेको भन्दै फिर्ता बोलाएको बीबीसीले उल्लेख गरेको छ ।

उनी भन्दा अगाडिका राष्ट्रपति पनि भ्रष्टाचारको आरोपमा फिर्ता भएका थिए । भियतनामको कम्युनिष्ट पार्टीले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथामिकतामा राखेको बताएको छ । तीव्र रुपमा विकास भइरहेको भियतनाम अर्थतन्त्रमा भ्रष्टाचार प्रमुख समस्या भएको बीबीसीले उल्लेख गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीका प्रमुख न्यूगेन फो थ्रूङले भ्रष्टाचारलाई आफ्नो प्राथामिकतामा राखेका छन् । राष्ट्रपति थुङ उनको निकट युवा मानिएका थिए । उनलाई राष्ट्रपति हुँदा योग्य उम्मेदवारको रुपमा चित्रित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर