गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउँदैन थियो : प्रदीप पौडेल (भिडिओ) – Nepal Press

गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउँदैन थियो : प्रदीप पौडेल (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताएका छन् ।

बुधबार नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन गर्दै उनले यस्तो बताएका हुन् । उनले गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा रहेका बताए । उनले गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको भन्दै उनको स्म्रण गरे ।

‘गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोईरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो’, उनले भने, ‘त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोईराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस उहाँको उदाहरणीय छ ।’

उनले गिरिजाप्रसाद कोईरालामा देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस रहेको नेता भएको बताए ।


प्रतिक्रिया

One thought on “गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउँदैन थियो : प्रदीप पौडेल (भिडिओ)

  1. कुरा त्यसो होईन, कुरा यसो हो: दरबार हत्याकाण्ड नभएको भए नेपालमा गणतन्त्र आउंदैनथ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर