चित्र बहादुर केसीकाे आराेप- सहकारी प्रकरणलाई राफसाफ पार्न रविले गृह मन्त्रालय रोजे (भिडिओ)


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजेको टिप्पणी गरेका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृह मन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।
गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनले बताए । केसीले संसद भित्र र बाहिर भित्र बद्नाम मान्छेको साहारा लिनु र उनीहरुलाई सरकारमा समावेश गर्नु जनतामाथिको अपमान भएको जिकिर गरे ।
त्यस्तै, उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषय १७ बर्षदेखि अड्किएको बताए ।
पत्रुहरूको कुरा सुन्ने फुर्सद छैन जनतालाई । दिल्लीका टट्टुहरूको सरकारलाई आँखा चिम्लिएर समर्थन गर्नेलाई अहिले लाज छैन बरबराउन ?