मोहनविक्रमलाई ओलीको कटाक्ष- कांग्रेस सरकार भए श्रीमतीलाई राष्ट्रियसभामा पठाउँथ्यो भनेर रुँदैछन् (भिडिओ) – Nepal Press

मोहनविक्रमलाई ओलीको कटाक्ष- कांग्रेस सरकार भए श्रीमतीलाई राष्ट्रियसभामा पठाउँथ्यो भनेर रुँदैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सरकारबाट बाहिरिएपछि मसालका महामन्त्री मोहनविक्रम सिंह छाती पिटीपिटी रोहिरहेको टिप्पणी गरेका छन् । काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रीमतीको राष्ट्रिय सभामा पठाउन कांग्रेसको पछि लागेको बताए ।

उनले भने, ‘एकजना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईंहरुले पनि चिन्नुहुन्छ होला मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको । कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभामा मनोनित गरेर पठाउँथ्यो होला । सम्झिन्छन् छाती पिट्छन् फेरि ग्वाँग्वाँ रुन्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे । कम्युनिष्ट भनेर जीवनभरी ढाट्यो ढाट्यो के का लागि मरिमेटेको रहेछ भनेर पर्दाफास भयो । यस्तो हुँदो रहेछ मान्छे निराश हुँदा । कहाँबाट के पाइन्छ त्यति पनि टिपौं हुँदो रहेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर