पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्नु हुँदैन : रघुजी पन्त (भिडिओ) – Nepal Press

पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्नु हुँदैन : रघुजी पन्त (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका बिषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि बिना प्रमाण पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन् ।

राजीनामा मागेर काम नै गर्न नदिने परिस्थीति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई बेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरुलाई पनि हेर्नुपर्ने उनले बताए ।

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका बिषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर