माओवादी बागमती संसदीय दलको बैठकमा अग्नि सापकोटा पनि उपस्थित – Nepal Press

माओवादी बागमती संसदीय दलको बैठकमा अग्नि सापकोटा पनि उपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सुरू भएको हो।

बैठकमा पछिल्लो समसामयिक राजनीति घटनाक्रम र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारबारे छलफल भइरहेको जनाइएको छ।

नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्मकट्टेललाई सरकार टिकाउन मुस्किल परिरहेको बेलामा आगामी रणनीतिबारे छलफल गर्नको लागि बैठक बसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर